गाडी दुर्घटनामा परेर तीन जनाको ज्यान गयो

 पुष ९, २०७७ बिहीबार १४:२५:१४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश नम्बर १ का सुनसरी, झापा र ओखलढुङ्गामा भएको गाडी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ ।

बुधबार साँझमा सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो ट्याम्पोले ठक्कर दिँदा घाइते भएका स्थानीय ९० वर्षीय बेचुदास मेहेतालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै ज्यान गएकाे छ ।  

ठक्कर दिने अटो र चालकलाई इलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको बिर्तामोड नगरपालिका ५ पूर्वपश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीय २८ वर्षीय राजेन्द्र चौधरीको ज्यान गएको छ ।

बुधबार कारले ठक्कर दिँदा घाइते भएका चौधरीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो  । यस्तै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएकाे छ।

बुधबार राति मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका रामेछापको मन्थली गाउँपालिका ९ का २८ वर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागि जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राति नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया