जनाधिकारको रक्षाका लागि जनतामा जानुपर्छ - सुरेन्द्र पाण्डे

 पुष ११, २०७७ शनिबार २०:११:३६ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवर्द्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ ।

पूर्वमन्त्री पाण्डेले पार्टीकोे पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थप्नुभयो, 'नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मुलपार्टी र मूल घर नै हामी हौँ ।'

उहाँले संवैधानिक निकायले पनि प्रमाण र कानुनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पार्नुभयो । नेकपा निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले नेपाली जनताले ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि पुनः एकपटक जनतामा जानुको विकल्प नभएको बताउनुभयो । 

नेकपा वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले अहिलेको लडाइँ विचारको भएको बताउँदै यो अग्रगमन कि पश्चगमन भन्ने विषयमा विचारधारात्मक संघर्ष भएको बताउनुभयो । नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले क्रान्तिको उपलब्धि गुम्ने खतरा बढेकाले एकपटक जनतामा जानुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा धादिङ घर भइ हाल काठमाण्डौमा विभिन्न पेशा तथा व्यवसाय आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता थियो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया