सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासङ्घकाे अध्यक्षमा बोगटी विजयी

 पुस १२, २०७७ आइतबार ९:४२:५५ | विमल बिष्ट
unn.prixa.net

डाेटी – नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा शङ्कर बोगटी विजयी हुनुभएको छ ।

शनिबार डोटीको दिपायलमा रहेकाे सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासङ्घको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा कैलाली टीकापुरका रामबहादुर भण्डारी पनि सर्वसम्मत चयन हुनुभएको छ । एशोसिएट उपाध्यक्षमा कैलालीकै अनिलकुमार भुजनिया र कोषाध्यक्षमा बझाङका दानकुमार शर्मेली विजयी हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया