खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
झापा - नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, त्यही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह-७ का ५९ वर्षीय कृष्णप्रसाद तिमल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
उनीहरुले साविक जुरोपानी-८, अहिले गौरादह नगरपालिका-७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४-०६-७७-००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४-०६-७७-००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४-०६-७७-००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको प्रवक्ता थापाले बताउनुभयो ।
'वितरण गरिएको नागरिकताको नागरिकतासम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा छैन', उहाँले भन्नुभयो, 'नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता कीर्ते गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको हो ।'
प्रारम्भिक अनुसन्धानका क्रममा उल्लेखित नागरिकता प्राप्त गर्ने व्यक्ति नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरेपछि विवरण ‘इडिट’ (सच्याएर) गरी पुनः विभिन्न मितिमा त्यही नम्बरका नागरिकता अन्य व्यक्तिलाई वितरण गरिएको खुलेको उहाँले बताउनुभयो ।
साह, आलम र तिमल्सिनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।