काेराेना भाइरस : वुहानकाे रिपाेर्टिङ गर्ने चिनियाँ पत्रकारलाई ४ वर्षकाे जेल सजाय

 पुष १३, २०७७ सोमबार १५:२:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबारे रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई जेल सजाय सुनाइएको छ । ३७ वर्षीया पत्रकार झाङ्ग झानलाई चार वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

रिपोर्टिङका क्रममा झगडा गरेको र समस्यालाई उकासेको आरोपमा दोषी ठहर गर्दै पत्रकार झाङ्गलाई जेल सजाय सुनाइएको खबरमा उल्लेख छ । उहाँमाथि परेको रिट निवेदनको सुनुवाइका क्रममा उहाँका समर्थकले अदालतबाहिर प्रदर्शन गरेका थिए ।

यसअघि झाङ्गलाई गएको मे महिनामा हिरासतमा लिइएको थियो । आफूलाई हिरासतमा लिएको विरुद्ध उहाँले भोक हड्ताल सुरु गर्नुभएको थियो । झाङ्गको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको वकिलहरुले बताएका छन् ।

चीन सरकारमाथि स्वतन्त्र रुपमा कुनै पनि समाचार र रिपोर्टिङ गर्न नदिइने आरोप लाग्दै आएको छ । कोरोना भाइरसलाई लिएर सरकारको नीतिमाथि प्रश्न गर्नेलाई कारबाही हुने गरेको खबरमा उल्लेख छ ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया