कार र माेटरसाइकल ठाेक्किँदा माेरङमा दुई जनाको ज्यान गयो

 पुस १३, २०७७ सोमबार १९:२१:२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – मोरङमा कार र माेटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गएको छ । साेमबार दिउँसो मोरङकाे पथरी शनिश्चरे नगरपालिका २ काे हरियाली सामुदायिक वन अगाडि दुर्घटनामा भएकाे हाे ।  

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेकाे नम्बर नखुलेको मोटरसाइकल ठाेक्किँदा मिक्लाजुङ गाउँपालिका ४ का सन्तोष लिम्बु र सुनिल धमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा घाइते भएका एक जनाको मङ्गलबारे अस्पतालमा ज्यान गएको हो भने एक जनाकाे विराटनगर ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिनुभयो । कार चालक झापाकाे दमक नगरपालिका २ का लक्ष्मीकुमार धिमाललाई कारसहित नियन्त्रणमा लिइएको छ ।

दुर्घटनापछि मोटरसाइकलमा तेल लिक भएर आगो लागेकाले नम्बरसमेत नचिनिने भएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया