ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा 'व्यापक क्षति' पुर्‍यायाे : बाइडेन

 पुष १४, २०७७ मंगलबार ११:४३:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षति पुर्‍याएकाे बताएका छन् ।

आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायबाट आवश्यक पर्ने सूचना नपाएको बाइडेनले बताएका छन् । बाइडेनले राष्ट्रिय सुरक्षा अनि विदेश नीति हेर्ने सल्लाहकारहरूसँग छलफल गरेपछि त्यस्तो बताएका बीबीसीले जनाएको छ ।

बाइडेनले अमेरिकाका राष्ट्रपतिका रूपमा आउँदो जनवरी २० तारिखमा पदभार ग्रहण गर्दैछन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म पनि हार स्वीकार गर्नुभएको छैन । अमेरिकामा गएको महिना राष्ट्रपतीय चुनाव भएको थियो ।

नाेभेम्बरमा भएकाे चुनावपछि बाइडेनलाई सुरक्षा निकायसँग साक्षात्कार गर्न अवराेध गरिँदै आएकाे छ तर याे एक राष्ट्रपति पद हस्तान्तरणकाे एक अनिवार्य र सामान्य रूपमा नियमित हिस्सा हाे । 

साेमबार बाइडेनकाे टिप्पणीपछि कार्यवाहक रक्षा सचिव क्रिस्टाेफर मिलरले भने, 'अधिकारीहरू सङ्क्रमण गतिविधिकाे समर्थन गर्नकाे लागि अत्यन्त व्यावसायिकताका साथ काम गरिरहेका थिए ।' 

उनले भने, 'रक्षा विभागले चार सयभन्दा धेरै अधिकारीहरूसँग एक सय ६४ पटक साक्षात्कार आयाेजित गरिएकाे ५ र पाँच हजारभन्दा धेरै पृष्ठकाे दस्तावेज प्रदान गरेका छाैँ ।'

पेन्टागनले बाइडेनकाे टिमसँग पूर्ण पारदर्शी तरिकाबाट काम गर्ने एक प्रवक्ताले बताए ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया