अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिनलाई बेलायतले दियो अनुमति

 पुस १५, २०७७ बुधबार १५:२३:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको कोरोनाभाइस विरुद्धको भ्याक्सिन प्रयोगको लागि बेलायतले अनुमति दिएको छ । 

बेलायतले उक्त भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकासँग दश करोड भ्याक्सिनको माग पनि गरिसकेको बीबीसीले जनाएको छ । पाँच करोड मानिसमा लगाउनको लागि यति औषति पर्याप्त हुने बताइएको छ । एस्ट्राजेनेकालाई मेडिसिन रेगुलेटरले अनुमति दिएसँगै यस भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी ठानिएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिनलाई २०२० को सुरुवाती महिनामै बनाउन सुरु गरिएको थियो । अप्रिलमा पहिलोपटक यसको परीक्षण गरिएसँगै हजारौं मानिसमा ‘क्लिनिकल ट्रायल’ पनि भइसकेको छ ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया