प्रचण्ड-नेपाल समूहद्वारा प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन

 पुस १६, २०७७ बिहिबार १३:१८:४१ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता चयन गरेको हाे ।

प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३७ जना सांसदले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित भएका थिए ।

 

 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया