भारतका मुकेश अम्बानीलाई पछि पार्दै चीनका जोङ बने एसियाकै धनी

 पुस १६, २०७७ बिहिबार १३:४६:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनका जोङ सनसान भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भएको छ । योसँगै जोङले भारतका धनाड्य अम्बानीका साथै आफ्नै देशका ज्याक मालाई पछि पार्नुभएकाे छ ।

भ्याक्सिन तथा बोतलको पानी उत्पादन गर्ने कम्पनीका कारण जोङले यो उपलब्धि हाँसिल गरेको बीबीसीले जनाएको छ । जोङले यसै वर्ष आफ्नो भ्याक्सिन निर्माण कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल कम्पनीलाई चीनको सेयर बजारमा सूचीकृत गराउनुभएकाे छ ।

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार जाेङको कूल सम्पत्ति ७७.८ अर्ब डलर रहेको छ । इण्डेक्सका अनुसार जोङ सनसान अब विश्वकै ११ औं सबैभन्दा धनी व्यक्ति बन्नुभएकाे छ । जोङ 'लोन उल्फ'को नामबाट पनि परिचित हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया