खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
कास्की - गण्डकी प्रदेशमा आउँदाे फागुन २० गतेदेखि पर्वतीय खेलकुद महोत्सव आयोजना हुने भएको छ ।
माउन्टेन स्पोर्टस फेडेरेशनको आयोजनामा परम्परागत तथा शाहसिक पर्वतीय खेलकुदको माध्यमद्वारा दिगो पर्यटनको प्रवर्द्धनको लक्ष्यसहित आठौँ संस्करणको पर्वतीय खेलकुद महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवमा परम्परागत आर्चरी, ठेलो, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङलगायतका १५ खेल समावेश गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहनुभएका महोत्सवका संयोजक सुवर्ण श्रेष्ठले बताउनुभयो ।
आउँदाे चैत २० गतेसम्म सञ्चालन हुने महोत्सवमा ट्राइयाथलन र रिङ रेस्लिङमा अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुने उहाँले जानकारी दिनुभयो । रिङ रेस्लिङमा जापान, मलेशिया, सिङ्गापुर, भारत, अमेरिकालगायत देशबाट खेलाडीले प्रतिस्पर्धा गर्ने र ट्राइयाथलनमा एशियाली देशका खेलाडी सहभागी हुनेछन् । महोत्सवमा एक हजार ५०० हाराहारीमा खेलाडी तथा ५०० अफिसियलको सहभागिता रहने दाबी आयोजकको छ ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरासहित मुस्ताङ, बाग्लुङ, तनहुँ, स्याङ्जा र लमजुङमा महोत्सवअन्तर्गतका खेल सञ्चालनका लागि प्रस्ताव गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'नेपाललाई माउन्टेन स्पोर्ट्स हबको रूपमा स्थापित गर्ने उद्देश्यसहित महोत्सव गर्न लागेका हौँ । गण्डकी प्रदेशमा यसको सफल आयोजनाले यस क्षेत्रमा कोभिड–१९ ले तहसनहस बनाएको पर्यटनलाई अघि बढाउन थप सहयोग पुग्ने र पर्वतीय खेलकुद विकासमा मद्दत पुग्छ भन्ने विश्वास छ ।'
महासङ्घका प्रदेश संयोजकसमेत रहनुभएका गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा विष्टले ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ गण्डकी प्रदेशमा आयोजना गर्न प्रदेश सरकारसमेत निकै उत्साहित भएको बताउँदै पर्वतीय खेलकुदमा अग्रणी गण्डकी प्रदेशलाई महोत्सवले विश्वसामु थप चिनाउने विश्वास व्यक्त गर्नुभयो । महोत्सवका लागि सम्बन्धित खेल सङ्घका प्रतिनिधि सम्मिलित १७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
महोत्सव सम्पन्न गर्न एक करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको र राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र प्रायोजक संस्थाबाट सहयोग प्राप्त हने विश्वास लिइएको राखेपका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो । राखेपका सदस्य गोविन्द भट्टराईले पर्यटकको राजधानी गण्डकी प्रदेशमा आयोजना हुने महोत्सवले कोरोनाका कारण एक वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः जागरण ल्याउन र खेल पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
यसअघि गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद तोकिएको मितिमा नभएको अवस्थामा पर्वतीय खेलकुद महोत्सव आयोजनाबाट राष्ट्रिय खेलकुदका लागि आधार बन्न सक्ने विश्वास आयोजकको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।