उदयपुरमा करेन्ट लागेर जङ्गली भालु मर्याे

 पुष २१, २०७७ मंगलबार ११:९:२७ | रासस
unn.prixa.net

उदयपुर - उदयपुरको कटारी नगरपालिका मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेज तारको करेन्ट लागेर जङ्गली भालु मरेकाे छ ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारीकाअनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा भालुको मरेकाे हाे ।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत्को तार चुरे जङ्गलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण यस क्षेत्रमा घुम्दै आएको जङ्गली भालु मृतावस्थामा भेटिने गरेकाे बताउनुभयो ।

नाङ्गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्गल क्षेत्रमा विद्युतकाे उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक–पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताउनुभयो । समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको समाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्थानीयवासी घनश्याम कार्कीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया