बेलायती प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

देशमा कोरोनाको फैलावट बढ्दै गएको बेला विदेश भ्रमणमा निस्कनु उचित नभएकाे भनाइ

 पुष २१, २०७७ मंगलबार २०:२७:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री जोनसनले भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्व योजनाअनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रधानमन्त्री जाेनसनले बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकाले स्वास्थ्य सङ्कटका बेला आफू विदेश भ्रमणमा निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराउनुभएको समाचार संस्थाले बताएका छन् । ​

जोनसनले यसै वर्ष बेलायतमा आयोजना हुने अति विकसित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि देशका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो ।

अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका देश विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।

बेलायतले युरोपेली सङ्घ (ईयू) को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले ब्रेक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको थियो । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया