‘प्रतिनिधि सभा फेरि सुरु हुने व्यवस्था गरियाेस्’

 पुस २६, २०७७ आइतबार १३:४२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक समाजका अगुवा डाक्टर देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रतिनिधि सभा विघटन अलाेकतान्त्रिक र निन्दनीय भएकाे बताएका छन् ।

आइतबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै उनीहरूले राष्ट्रपति पदकाे दुरुपयोग गर्दै प्रतिनिधि सभा विघटन गरिनुले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर समस्त स्वाभिमानी नागरिकहरूलाई चिन्तित तुल्याएको बताएका हुन् । 

पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी रूपमा गरिएको प्रतिनिधि सभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकाङ्क्षा विराेधी देश हित विपरीत छ, प्रतिगमनकै अंशसमेत देखिएको छ विज्ञप्तिमा भनिएकाे छ । डा. पाण्डे र पहाडीले यो कदम सच्याउँदै प्रतिनिधि सभा फेरि सुरु हुने व्यवस्था गर्न आह्वान गरेका छन् । 

पटक–पटककाे आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, आधारभूत स्वतन्त्रता, मानव अधिकारलगायतका उपलब्धिहरूको रक्षा गर्न सबै एकजुट हुनुपर्ने उनीहरूले बताएका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया