‘सिमानाकाे कुरा उठाउँदैमा भारतसँगको सम्बन्ध बिग्रँदैन, मित्रतापूर्ण ढङ्गले भूमि फिर्ता हुन्छ’

 पुस २६, २०७७ आइतबार १३:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सिमानाबारे कुरा उठाउँदैमा भारतसँगको सम्बन्ध नबिग्रिने बताउनुभएको छ । भारतसँग मित्रतापूर्ण ढङ्गले मात्रै भूमि फिर्ता गर्न सहज हुने भएकाले भारतसँगको सम्बन्ध थप सुमधुर बनाउने प्रयासमा आफू रहेको उहाँको भनाइ छ । 

आइतबार राष्ट्रिय सभा बैठकमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सिमानामा देखिएका समस्याबारे न्यायोचित तर्कसहित खुलस्त भन्नुपर्ने र त्यसका लागि रिस गरेर मात्रै नहुने उहाँले बताउनुभयो ।

सम्बन्ध बिग्रने डरले आफू आफ्नो भूमिबारे चुप लागेर बस्न नसक्ने भन्दै उहाँले सुमधुर सम्बन्ध कायम गरेर पनि यसबारे आफूले छलफल अघि बढाएको बताउनुभयो । आफूहरूले सही भूमिमा दाबी गरेकाले अब नक्साबाट मात्रै नभइ भूमिलाई व्यवहारमा नै कायम गरेर छाड्ने दाबी गर्नुभयो । 

सुगौली सन्धिपछि एक सय ४६ वर्षसम्म नेपालको भू–भाग नक्साबाटै गायब गरिएको स्मरण गर्दै उहाँले अहिले भू–भाग नक्सामा समेटिएकाे र मित्रतापूर्ण ढङ्गले व्यवहारमा नै भूमि फिर्ता गरेरै छाड्ने बताउनुभयो । 

उत्तरी सिमानामा पनि थुप्रै नाकाहरू खुलेको भन्दै उहाँले रेल, पानीजहाज, जलमार्ग आदिबारे आफूले काम गर्न खोजेको देखेर केहीको मन पोल्न थालेको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया