‘प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटलाई सर्वाेच्चले खारेज गर्नुपर्छ’

 पुस २६, २०७७ आइतबार १४:३१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ६४ प्रतिशत बहुमत रहेको दाबी गर्नुभएको छ ।

आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उहाँले संविधानमा उल्लेखित प्रावधानअनुसार नै आफूले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको बताउनुभएको हो । प्रतिनिधिसभा विघटन भइसकेपछि मनगढन्ते कुरा गरेर नहुने भन्दै उहाँले अब कुनै पनि हालतमा प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताउनुभयो ।

अब बाँकी रहेको ३६ प्रतिशतलाई ५१ प्रतिशत बनाउन निकै गाह्राे भएको भन्दै उहाँले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिटलाई सर्वोच्च अदालतले खारेर गर्नुपर्ने तर्क गर्नुभयो । प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेको भन्दै उहाँले त्यसमा राष्ट्रपतिलाई विवादित बनाउन नमिल्ने बताउनुभयो ।

अहिलेको सरकार संविधानको धारा ७६ को १ अनुसार बनेको सरकार भएको भन्दै उहाँले जति कराए पनि जति चिच्याएपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्रीले विघटनको सिफारिस गर्न पाउँदैन भन्ने कुरा संविधानमा कहीँ पनि उल्लेख नभएको भन्दै उहाँले यो राजनीतिक विषय भएकाले सर्वोच्चले आफूले गरेको निर्णयविरुद्ध परेका सबै रिटलाई खारेज गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रतिनिधि सभा विघटनको विराेधमा रहेका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाकाे पनि आलाेचना गर्नुभयाे । साथै प्रधानमन्त्रीले अदालतलाई दबाबमा पार्न नहुने बताउनुभयाे ।  

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • dhama paudyal

    Jan. 10, 2021, 4:43 p.m.

    किन बोल्छन यिनिहरु यसरि प्याच्च प्याच्च ? न्यायिक निकाय त अदालत हो नि त ।

  •  0 Reply

तपाईको प्रतिक्रिया