राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

 पुस २६, २०७७ आइतबार १५:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाको सातौँ हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य भएको सम्बन्धी पठाउनुभएको पत्र पढेर सुनाउँदै अध्यक्ष तिमिल्सिनाले सातौँ अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको हो ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको सातौँ अधिवेशन यही पुस १७ गतेदेखि सुरु भएको थियो । यसबीचमा राष्ट्रिय सभाको बैठक चार पटक बसेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया