'क्लिन फीड' पालना नगर्ने विदेशी टेलिभिजन च्यालनलाई सरकारको चेतावनी

विज्ञापनरहित नबनाए कारबाही गर्ने तयारी

 पुस २६, २०७७ आइतबार १६:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले क्लिन फीड लागू नगर्ने टेलिभिजन च्यानललाई कारबाही गर्ने चेतावनी दिएको छ । विदेशी टीभी च्यानल विज्ञापनरहित बनाउनका लागि विज्ञापन ऐन कार्यान्वयन भइरहेको अवस्थामा केही च्यानल विज्ञापनसहित प्रसारण भइरहेका भन्दै विज्ञापन बोर्डले चेतावनी दिएको हो । 

सरकारले गएकाे वर्ष विज्ञापन नियमन गर्ने ऐन २०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर ऐन आएको १४ महिनासम्म नरोकेपछि विज्ञापन बोर्डले कारबाहीको तयारी गरेको हो । 

विज्ञापन ऐन आएको १४ महिना अर्थात् क्लिन फीड लागू भएको साढे दुई महिनासम्म कानुनअनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कारबाहीको तयारी गरिएको बोर्डका अध्यक्ष डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि कानुनको पालना नगर्ने टेलिभिजन च्यानललाई लिखितरूपमा जानकारी गराइएको र पटक–पटकको अनुरोधमा सुधार नआएपछि कारबाही हुनेछ । विज्ञापन ऐनअनुसार २०७७ कात्तिक ८ गतेदेखि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित प्रसारण भएका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया