ट्राफिक प्रहरी नभएको समयमा नियम मिच्नेलाई समात्न विशेष भ्यान परिचालन

 पुस २६, २०७७ आइतबार १६:३२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्राफिक प्रहरी नदेख्दा नियम मिच्नेहरूलाई निगरानी र कारबाहीका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘ट्राफिक सर्भिलेन्स भेइकल’ अर्थात् निगरानी गर्ने भ्यान परिचालन गरेको छ ।

काठमाण्डौ उपत्यकाका व्यस्त सडकहरूमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरूमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न उपयोगी हुने गरी महाशाखाले गाडी परिचालन गर्ने भएको छ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडान गरिएकाे सीसीटीभी क्यामेराले दुई सय मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिनुभयो ।

भ्यानमा खटिने पाँच जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिहरूलाई भिडियो तथा फोटोमा कैद गर्न मिल्ने प्रविधि जडान गरिएकाे छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया