दैनिक पीसीआर परीक्षण ४ हजारभन्दा कममा झर्‍याे

 पुस २६, २०७७ आइतबार १६:४१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरस पत्ता लगाउन गरिने पीसीआर परीक्षण घटाउँदै लगेको छ । केही समयअघि दैनिक १५ हजारभन्दा धेरैको स्वाब पीसीआर विधिमार्फत परीक्षण हुने गरेकामा अहिले परीक्षण चार हजारभन्दा तल झरेको छ ।

आइतबार जम्मा तीन हजार तीन सय ९९ नमुनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म १९ लाख ८२ हजार दुई सय ४६ जनाकाे पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ९९ जनाको परीक्षण गर्दा दुई सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६४ हजार सात सय ८० पुगेको छ ।

आइतबार थप पाँच सय १३ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार चार सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय १७ पुगेको छ । 

आइतबारसम्म आइसाेलेशनमा रहने सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार हजार चार सय २२ छ भने क्वरेण्टीनमा रहनेकाे सङ्ख्या दुई सय ५७ छ ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया