'राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनमार्फत समृद्धिसँग जोडौँ'

 पुस २७, २०७७ सोमबार ६:२४:१० | रासस
unn.prixa.net

नुुवाकोट - राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट देशको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाण्डौसम्म ओहोरदोहोर गरेका बाटामा गएकाे वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।

ककनीकी रेनुुका लामा रुम्बा भन्नुुहुुन्छ, 'नेपालको गौरवपूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।'

एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुुभयो, 'विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वीनारायणले नेपाललाई एकीकरण गर्नुुभएको हो,  हामीले इतिहासलाई संरक्षण गर्नुपर्छ, ऐतिहासिक चिज वस्तुलाई जोगाउनुपर्छ । शालिक तोडफोड गर्नु गल्ती हो ।'

ककनी गाउँपालिका–५ आज बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणका गणपति प्रमुख सेनानी उमेश श्रेष्ठलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति हस्तान्तरण गरेको थियो ।

त्यस अवसरमा दुवै गणका टोलीले बाजागाजासहित नाचगान गरी गरेको हर्ष बढाइँमा स्थानीयवासीले साथ दिएका थिए । यस अवसरमा गणपति श्रेष्ठले भन्नुुभयो, 'हाम्रा पुर्खाको योगदानलाई जीवन्त तुल्याउन एकता दिवसका अवसरमा एकीकरण मार्गमा पदयात्रा सञ्चालन गरिएकामा स्थानीयवासीबाट कोरोनाको महामारीका बीचमा पनि अत्यन्तै उत्साह र हौसला प्रदान भएको छ।'

 सैनिक पदयात्रा टोलीलाई काठमाण्डौको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए । यस अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमति बाजा समूहले हर्षोल्लासका साथ टोलीलाई स्वागत अभिवादन महिला गर्नाका साथै टोलीसँग निकै खुुशीयालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो । 

त्यस बाजा टोलीका सदस्य गीता क्षेत्रीले भन्नुुभयो, 'शुुभकार्य र पाहुनालाई बाजा बजाएर स्वागत गर्ने पहिलेदेखि रही आएको परम्परा र चालचलनअनुसार हामीले खुशी भएर स्वागत गरेका हौँ, पृथ्वीनारायणको योगदानकै कारण हामीले नेपाली भएर गौरव गर्न पाएका छौँ ।'
 
उहाँको योगदानको प्रचारप्रसार गर्नाको साटो शालिक तोडफोड गर्ने र पितापुुर्खालाई होच्याउने ढङ्गबाट हामीले प्रस्तुत हुन नहुने बताउँदै उहाँले भन्नुुभयो, 'सबै देशभक्तले राष्ट्रनिर्माताको योगदानलाई सम्मान गरौँ।' 

दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मङ्गलबार सुरु भएको गोरखा–काठमाण्डौ एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमानढोका दरबार आइपुग्दैछ । सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको त्यस टोली गोरखा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा स्थानीयवासीसँग लोकनृत्य, छलफल र अन्तरक्रिया गर्दै काठमाण्डौ उपत्यका प्रवेश गरेको हो ।

हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गर्ने र त्यसपछि त्यहाँ तैनाथ शार्दुलजंङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण  नेपालको परिचय र पहिचान भएको र उहाँले त्यसबेला राज्य सञ्चालनका क्रममा भन्नुुभएको विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।  

विसं ११७९ पुुस २७ गते गोरखामा जन्मनुभएका पृथ्वीनारायणको योगदानलाई कदर गर्न उहाँको तस्बिर अङ्कित मुद्रा निकाल्न र राष्ट्रिय एकता दिवसका दिन राष्ट्रिय बिदाको घोषणा गर्न आवाज उठ्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया