खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
पर्सा - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखेर उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे १९ लाख ८३ हजार रुपैयाँ असुली गरेको छ ।
यस कार्यालयले चालु आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेका १४० व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारबाही गरी जरिवाना असुल गरिएको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिनुभयो ।
यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै आइरहेको वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी चोकमा रहेकाे एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले आइतबार छापा मारेर उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको नेतृत्वको टोलीले त्यस उद्योगमा छापा मार्दा उद्योगले अन्तर्राष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको ट्राउजर्स र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो ।
व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसूची नराखेर उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।