तनहुँ : बेलभञ्ज्याङबाट उद्धार गरिएको चरी बाघ मर्याे

 पुष २८, २०७७ मंगलबार १२:२७:३ | रासस
unn.prixa.net

तनहुँ - तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघ मरेकाे छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघ सोमबार उपचारका क्रममा मरेकाे हाे । 

डिभिजन वन कार्यालयमा भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघ मरेकाे सबडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । मरेकाे बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ ।  बाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।

सुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिए पनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । 'तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन'उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया