नेपाल प्रहरीले चुनाव सम्बन्धि सबै गतिविधि एआईजी पोखरेलको नेतृत्वमा गर्ने

 पुस २९, २०७७ बुधबार ११:५३:१७ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले चुनाव केन्द्रित शान्ति सुरक्षाको तयारी सुरु गरेको छ । अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रिय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी काम थालेको वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

समिति ३७ सदस्यीय रहेको र आबश्यकता अनुसार प्रहरी अधिकृत तथा कर्मचारी परिचालित हुने उहाँले बताउनुभयो । समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ ।

यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्ने पनि कुँवरले बताउनुभयो । समितिले निर्वाचन सुरक्षा सम्बन्धि नीति बनाउने निर्वाचन सम्बन्धी प्रहरीका हरेक गतिविधि यही समितिमार्फत हुने प्रहरीले जनाएको छ । यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

गृहको निर्देशन अनुसार नेपाल प्रहरीले आवश्यक तयारीका काम थालेको हो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया