फाइजरकाे एमआरएनए खाेपलाई लिएर अनिश्चितता बढ्याे, विश्वव्यापी प्रयाेग स्थगित गर्न आग्रह

 माघ २, २०७७ शुक्रबार १५:०:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनका स्वास्थ्य विशेषज्ञहरूले नर्वे र अन्य देशमा फाइजर जस्ता कम्पनीहरूले बनाएको एमआरएनए आधारित कोरोना खोपको प्रयोग स्थगित गर्न आग्रह गरेका छन् । यो खोप लगाएका नर्वेका २३ जना पाको उमेरका व्यक्तिको ज्यान गएपछि खोपको सुरक्षा अनिश्चिततालाई लिएर प्रयोग स्थगित गर्न चीनका स्वास्थ्य विशेषहरूले आग्रह गरेका हुन् ।

‘नयाँ एमआरएनए खोप हतारमा विकसित गरिएको थियो र सङ्क्रामक रोग रोकथामका लागि ठूलो सङ्ख्यामा यसको प्रयोग गरिएको थिएन र यसको सुरक्षालाई लिएर मानिसको ठूलो समूहमा प्रयोगको पुष्टि गरिएको थिएन’, एक चिनियाँ इम्युनोलोजिस्टले भने ।

नर्वेमा भएको मृत्युका घटनाहरूले पनि एमआरएनए कोभिड–१९ खोपको प्रभावकारिता अपेक्षा गरेअनुसार राम्रो नभएको विशेषज्ञले बताएका छन् ।  

बिहीवारसम्म नर्वेमा खोपसँगको सम्बन्धमा २३ जनाको ज्यान गएको छ । 

‘अहिलेसम्म यीमध्ये १३ को मूल्याङ्कन गरिएको छ । सामान्य साइड इफेक्ट्सले वृद्ध व्यक्तिमा गम्भीर समस्या देखिन सक्छ’, नर्वेको मेडिकल एजेन्सीको वेबसाइटमा भनिएको छ ।

सबैको मृत्यु कमजोर अवस्थामा रहँदा भएको र ती नर्सिङ होममा रहेका ८० देखि ९० वर्षभन्दा माथिका वृद्ध भएको नर्वेको सञ्चारमाध्यम एनआरकेले जनाएको छ  । 

नर्वेमा दुई कोभिड–१९ खोप बायोटेक/फाइजर र मोडेर्ना प्रयोग गरिएको छ । यी खोप एमआरएनए प्रविधिमार्फत बनाइएको र युरोपेली सङ्घले अस्थायी रुपमा प्रयोगका लागि अनुमोदन गरिएको एजेन्सीले जनाएको छ । 

नर्वेमा डिसेम्बरको अन्त्यमा ठूलो सङ्ख्यामा खोप लगाउने अभियान चलाइएको थियो, जसमा वृद्ध र नर्सिङ होममा रहेका ८५ वर्षभन्दा माथिका व्यक्ति पहिलो प्राथमिकतामा थिए ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया