एक अत्याचारी शासककाे युगकाे अन्त्य : इरानी राष्ट्रपति रुहानी

 माघ ७, २०७७ बुधबार १६:११:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले बुधबार नै आफ्ना कार्यालय छोड्दै छन् ।  

‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै नागरिक र संसारका लागि समस्या निम्त्याउनुबाहेक अरू कुनै फलदायी कार्य गरेनन्’, रुहानीले एक टेलिभिजनमा गर्नुभएको टिप्पणीमा बताएका छन् ।  

शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् । गएकाे नोभेम्बर ३ मा सम्पन्न चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए । 

रिपब्लिकन पार्टीका उम्मेदवार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रूपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन् ।  

राष्ट्रपति ट्रम्पले सन् २०१६ मा सत्ता सम्हालेलगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया