बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले नेपाली समयअनुसार आज (बुधबार) राति शपथ ग्रहण गर्दैछन् ।
राजधानी वाशिङ्टन डीसीमा स्थानीय समयअनुसार बुधबार बिहान साढे ११ बजे अर्थात् नेपाली समयअनुसार आज राति सवा १० बजे हुने समारोहमा जो बाइडेनले पदको शपथको बेहोरा वाचन गर्ने बीबीसीले जनाएको छ । शपथ लिएपछि जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् ।
उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसले पनि आजै सपथ लिनेछिन् । शपथ ग्रहणपछि राष्ट्रपति र उपराष्ट्रपति ह्वाइट हाउस प्रवेश गर्ने बीबीसीले जनाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल चार वर्षको हुनेछ । कानुनअनुसार जनवरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन् ।
शपथ समारोहका लागि वाशिङ्टन डीसीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । गएकाे जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूले अमेरिकी संसदमा आक्रमण गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको र सपथ ग्रहणको दिन वाशिङ्टन डीसीको धेरैजसो क्षेत्र बन्द हुनेछन् ।
सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई सहयोग गर्न नेशनल गार्डका १५ हजार सुरक्षाकर्मी खटाउने र सुरक्षा योजनाको नेतृत्व अमेरिकी गुप्तचर निकायले लिएको खबरमा उल्लेख छ । वाशिङ्टन डीसीमा अहिले सङ्कटकालको अवस्था छ र सत्तारोहणसम्म रहने बताइएको छ ।
राष्ट्रपति ट्रम्पले जनवरी ८ मा ट्वीट गर्दै शपथ ग्रहण समारोहमा भाग नलिने बताएका थिए । अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई 'इनोग्युरेशन' भनिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।