सुर्खेतको नारायण चिउराडी वन क्षेत्रमा रुख कटान : किर्ते हस्ताक्...
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेस गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटनको मुद्दामाथि बहसका क्रममा बिहीवार (हिजो) रिट निवेदकका वकिलले प्रतिनिधि सभा विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना पेस गर्नू भनेको थियो । शुक्रबार (आज) संवैधानिक इजलासमा सुनुवाइ सुरु भएलगत्तै खरेलले राजपत्र बुझाउनुभएको हो ।
रिट निवेदकहरूले इजलासमा प्रश्न उठाएपछि प्रधानमन्त्रीको कार्यालयले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरेको हो । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिन पनि सुनुवाइ भएको छ ।
शुक्रबार (आज) संवैधानिक इजलासमा बहसमा भाग लिने कानुन व्यवसायीलाई छोटो बहस गर्न निर्देशन दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।