वाग्मतीकाे जितमा पृथुकाे अर्धशतक, गाैतमकाे ४ विकेट

 माघ ९, २०७७ शुक्रबार १८:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा वाग्मती प्रदेशले प्रदेश दुईलाई ६ विकेटले पराजित गरेकाे छ । मुलपानी क्रिकेट मैदानमा प्रदेश दुईले दिएकाे एक सय ८० रनकाे लक्ष्य वाग्मतीले ४८ ओभर २ बलमा चार विकेटकाे क्षतिमा भेट्याएकाे हाे ।

वाग्मतीकाे जितमा पृथु बाँस्काेटाले ५३ रनकाे अर्धशतकीय पारी खेल्दा विभत्सु थापाले ४७ र आकाश थापाले ३२ रनकाे याेगदान गरे । प्रदेश दुईका लागि हरिशङ्कर शाहले दुई विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश दुई ४८ ओभर दुई बलमा अलआउट भयाे । प्रदेश दुईका लागि विवके राईले ६६ रन बनाए । वाग्मतीका लागि गाैतम केसी एक्लैले चार विकेट लिए । 

याे जितसँगै समूह 'बी' मा रहेकाे वाग्मती ६ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया