फागुनको अन्तिम हप्तादेखि राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

 माघ १२, २०७७ सोमबार ८:०:५७ | रासस
unn.prixa.net

काठमाण्डाै -  स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम हप्तादेखि राजविराजमा आयोजना हुने भएको छ ।

भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवकाअनुसार प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरी प्रतियोगिता हुने बताउनुभयो । 

प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक सङ्कलन, फिल्ड व्यवस्थापन, स्वागतलगायत विभिन्न उपसमितिसमेत गठन गरिएको सङ्घका सचिव गोपाल गुप्ताले जानकारी दिनुभयो । 

सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्री राजविराज–९ निवासी स्व देवसुन्दर यादवको स्मृति एवं सम्मानमा नेपाल भारत्तोलन सङ्घ सप्तरीले यस प्रतियोगिताको आयोजना गर्न लागेको हो । सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो । 
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया