भारत किसान आन्दाेलन : दिल्लीकाे आईटीओ पुगेका किसानमाथि अश्रुग्यास प्रहार

 माघ १३, २०७७ मंगलबार १४:२१:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका भारतीय किसान दिल्ली पुगेका छन् । गणतन्त्र दिवस मनाइरहँदा आफ्नो आन्दोलनलाई दिल्ली केन्द्रित गर्न विभिन्न नाकामा धर्ना दिइरहेका किसान दिल्ली पुगेकाे बीबीसीले जनाएको छ । 

उनीहरू दिल्ली प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरू विभिन्न ठाउँबाट दिल्लीको मध्य भागमा पर्ने आईटीओ इलाकामा केन्द्रित हुन खोजिरहेकाे बीबीसीले जनाएको छ । दशौँ हजारको सङ्ख्यामा किसान ट्र्याक्टर र्‍यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन् ।

महिनौँदेखि किसानहरूले सरकारको नीतिको विरोधमा आन्दोलन गरिरहेका हुन् । सरकारले १८ महिनाका लागि उनीहरूले विरोध गरिरहेका कानुनहरू लागू नगर्ने बताए पनि उनीहरूले ती कानुन रद्द गरिनुपर्ने माग राखेर आन्दोलन जारी राखेका छन् । प्रहरीले केही चरणको वार्तापछि किसानले गणतन्त्र दिवसका कार्यक्रमलाई असर नपर्ने गरि र्‍याली गर्न दिन सहमति जनाएको थियो ।

दिल्ली प्रवेशको ६ नाकाबाट किसान सहर प्रवेश गर्ने भए पनि मूल बाटो बन्द गरेर प्रहरीले किसानलाई बाहिरी बाटो प्रयोग गर्न भनेको थियो । तर सिन्घु, टिकरी र गाजीपुरमा प्रहरी अवरोध तोडेर किसानहरू अगाडि बढेका छन् ।   

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया