यूएन महासचिव गुटेर्रेसले लगाए कोरोनाविरुद्धको खोप

 माघ १६, २०७७ शुक्रबार १५:८:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार न्युयोर्कमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । संयुक्त राष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले यसको जानकारी दिएको छ ।

गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै यस कुराको जानकारी दिएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई खोप सबैका लागि यथोचित रूपमा उपलब्ध गराउनका लागि सुनिश्चित गर्नुपर्ने बताएका छन् ।  

‘यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौँ, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस् भनि कामना गर्दछौँ’, गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन् । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ । 

यस खोप अभियानमा विद्यालयका कर्मचारी पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको त्यस रिपोर्टले जनाएको छ । 

गुटेर्रेसले गएको महिनामात्र यो खोप आफूले पनि लगाउने घोषणा गरेका थिए । वृद्धवृद्धाका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकाले उनले खोप लगाउने घोषणा गरेका हुन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया