रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीलाई जेल सजाय

 माघ २१, २०७७ बुधबार ७:९:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नाभाल्नीलाई जेल सजाय हुने भएको छ । उहाँलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका लागि जेल सजाय सुनाएका बीबीसीले जनाएको छ ।

आफूलाई जेल सजाय भएपछि नाभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन खोजिएको प्रतिक्रिया दिनुभएको छ । नोभिचोक नामक स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग गरिएका नाभाल्नी महिनौं जर्मनीमा उपचार गरेर फर्किएपछि पक्राउ पर्नु भएको थियो ।

उहाँ पक्राउ परेपछि रुसका विभिन्न सहरमा विरोध प्रदर्शन हुँदै आएको छ । गएको अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने क्रममा विमानमा नै अकस्मात बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई उपचारमा लगिएको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया