महोत्तरीको परिकौली चोकबाट दुई शहीदका सालिक चोरी

 माघ २२, २०७७ बिहीबार १५:५९:४३ | रासस
unn.prixa.net

महोत्तरी – महाेत्तरीको जलेश्वर–जनकपुर सडकखण्ड परिकौली चोकबाट मधेश आन्दोलनका दुई शहीदका सालिक चोरी भएको छ ।

२०७२/०७३ मा भएको आन्दोलनका क्रममा महोत्तरीमा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका–११ का वीरेन्द्र विच्छा र वडा नम्बर ९ का राजेश ठाकुरको सालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले बताउनुभयो ।

वडा नं ११ र वडा नं ९ को साझा चोकको रूपमा रहेको परिकौली चोकमा ५/७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको सालिक  हराएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताउनुभयो ।

हराएका सालिक खोज्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) टीकाबहादुर केसीले बताउनुभयो ।   

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया