प्रधानमन्त्री ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने तयारीमा रहेका ६ युवक पक्राउ

 भदौ २, २०७५ शनिबार ११:५५:४४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मासका संयोजक सरोज मिश्र, जानी खान, प्रसान्त झा, संजय यादव, आसुतोश झा, पंकज साह र सन्देश मिश्र रहेकाे प्रहरीले जनाएकाे छ ।

ती युवाहरुलाई प्रहरीले जनकपुरको मुरलीचोक र श्याम चोकबाट पक्राउ  गरेको जनाएको छ । मधेशको माग सम्बोधन नगरेको र लामो मधेश आन्दोलनमा मधेशीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै ती युवाहरु प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारीमा रहेका थिए ।

जनकपुर विमानस्थलबाट प्रदेश २ सभा आउन लागेको बेला प्रधानमन्त्रीलाई प्लेकार्ड लिएर विरोध गर्नुको साथै कालो झण्डा देखाउने तयारीमा रहेको बेला पक्राउ परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रदेशसभा २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन केही बेरपछि सम्बोधन गर्नुहुने छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया