पासोमा परेर चितुवा मर्‍याे

 भदौ २, २०७५ शनिबार १७:३४:१ | जयराज अवस्थी

बैतडी – बैतडीका पञ्चेश्वर गाउँपालिकामा पासो परेर मरेको चितुवा फेला परेको छ ।

किसानहरुले दुम्सी मार्नका लागि थापेको पासोमा परेर चितुवा मरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । चितुवा मरेको ठाउँमा प्रहरीको टोली खटाइएको र जिल्ला वन कार्यालयलाई समेत खबर गरिसकिएको प्रहरीले जनाएको छ  ।

शनिबार दिउँसो १२ बजे पासोमा परेको चितुवा मरेको हो । यसअघि गएको महिना मेलौलीमा दुम्सीका लागि थापेको पासोमा परेको चितुवाको जिउँदै उद्धार गरेर बर्दिया राष्ट्रिय निकुञ्जमा लगिएको थियो । जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि किसानहरुले पासो थाप्ने गरेका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया