टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले राजीनामा दिने

 माघ ३०, २०७७ शुक्रबार ८:५:५७ | रासस
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा दिने मनस्थितिमा पुग्नुभएको छ ।

उहाँले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेदकारी रहेको भन्दै राजनीतिक वृत्तमा आलोचनापछि राजीनामा दिने मनस्थिति बनाएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

उहाँको महिलाबारेको त्यस टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइकाे विषय बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उहाँको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ । 

८३ वर्षीय मोरीले आज खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामाकाे घोषणा गर्ने तयारी गरेका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् । उहाँको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ । जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गएकाे हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दबाब परेको बताइएको छ ।

उहाँले लैङ्गिक विभेद सिर्जना गर्ने अभिव्यक्तिका लागि माफी मागे पनि महिलासँग आफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया