ट्रम्पविरुद्ध महाभियोग पारित गर्न डेमोक्र्याटहरूकाे आग्रह, ‘ट्रम्पलाई नरोके फेरि दङ्गा हुन सक्छ’

 माघ ३०, २०७७ शुक्रबार १४:४:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – डेमोक्रेटिक पार्टीका सांसदले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगमाथि आफ्नो बहस पूरा गरेका छन् । साथै उनीहरूले डोनाल्ड ट्रम्पले गएको ६ जनवरीमा क्यापिटल हिलमा दङ्गा भड्काएको बताएका छन् । उनीहरूले ट्रम्पलाई दोषी ठहर नगरिए ‘उनले फेरि यस्तो गर्न सक्ने’ बताए ।

बिहीवार महाभियोगका अभियोजकहरूले ट्रम्पले दङ्गा शब्द प्रयोग गरेर हिंसासँग जोडिएको बताएका थिए । 

आफ्नो तर्क राख्दै डेमोक्रेट्सले प्रहरी, इन्टेलिजेन्स अधिकारीहरुको बयान र विदेशी सञ्चारमाध्यम रिपोर्टहरू आदिको उल्लेख गरेका थिए । 

शुक्रवार ट्रम्पको बचाउ टिमले उनको प्रतिरक्षामा सिनेटमा आफ्नो तर्कहरू राख्नेछ ।  

डेमोक्रेट्सको बहुमत भएको सदन हाउस अफ रिप्रेजेन्टेटिभले गएको महिना ट्रम्पमाथि महाभियोग प्रस्ताव पास गरेको थियो । ट्रम्पमाथि दङ्गा भड्काएको आरोप लगाइएको छ । यो हप्ता डेमोक्रेट्सले सिनेटमा आफ्ना पक्ष राखिरहेका थिए । 

ट्रम्पका वकिलहरूले भने ट्रम्पले गएको नोभेम्बरको राष्ट्रपति चुनावमा धाँधली भएको कुरा गर्दै आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गरिरहेको तर्क दिएका छन् । 

एक सय सिट रहेको सिनेटमा ट्रम्पलाई दोषी साबित गर्नका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ । अहिले दुवै पार्टीसँग सिट समान रूपमा विभाजित छ । यस्तोमा ट्रम्प मुक्त हुने सम्भावना छ किनभने धेरैजसो रिपब्लिकन सिनेटर अहिलेसम्म ट्रम्पप्रति बफादार देखिएका छन् । 

यदि ट्रम्पलाई दोषी ठहरे गरेको खण्डमा उनलाई चुनाव लड्नबाट रोक्नका लागि सदनमा मतदान हुनेछ ।   

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया