म्यानमारमा सेनाकाे अपिललाई बेवास्ता गर्दै विभिन्न सहरमा प्रदर्शन जारी

 माघ ३०, २०७७ शुक्रबार १८:१७:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – म्यानमारमा सैनिक ‘कू’ को विरोधमा प्रदर्शन जारी छ । म्यानमारका नागरिकहरूले सेनाले शान्तिपूर्वक रहन गरेको आग्रहलाई अस्वीकार गरेका छन् । शुक्रवार एक पटक फेरि म्यानमारका नागरिकले विभिन्न सहरमा विरोध प्रदर्शनको आयोजना गरे । 

यसअघि म्यानमारको युनियन दिवसका अवसरमा जनरल मिन आङ ह्लाइङले कथित विघटनलाई रोक्नका लागि एकता बनाइराख्न आह्वान गर्नुभएको थियो । 

तर शुक्रवार त्यहाँका नागरिकहरु नजरबन्दमा राखिएकी नेतृ आङ सान सुकीलाई रिहाइ गर्न माग गर्दै सडकमा आएका छन् । 

स्थानीय मिडिया रिपोर्टहरूमा केही ठाउँमा रबरको गोली चलाइएको कुरा पनि बताइएको छ ।   

बिहीवार लाइभ टीभी प्रसारणको माध्यमबाट म्यानमारका नागरिकलाई सम्बोधन गर्दै जनरल आङले भन्नुभएको थियो, ‘जसले प्रदर्शन गरिरहेका छन्, उनीहरूलाई उक्साइएको छ । म उनीहरूलाई देश निर्माणमा लाग्न अपिल गर्दछु ।’

युनियन दिवसमा म्यानमारको सेनाले ५५ विदेशी कैदीसहित २३ हजारभन्दा धेरै कैदीलाई रिहा गर्ने आदेश दिएको थियो । 

आफ्नो भाषणका क्रममा बिहीवार जनरल मिन आङ ह्लाइङले भन्नुभएको थियो, ‘कोरोना महामारी अझै सकिएको छैन, नागरिकहरु आफ्नो घरमा रहनुस् ।’

जनरल मिनले महामारीको हवाला दिँदै नागरिकहरुलाई प्रदर्शनमा सहभागी हुनबाट रोक्न खोजे पनि शुक्रवार मानिसहरुले हेल्मेट र मास्क लगाएर विरोध प्रदर्शन गरेका हुन् । 

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेतालाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफै चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ । 

गएको नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । म्यानमारमा भएकौ सैनिक ‘कू’ को विभिन्न देशले विरोध जनाइसकेका छन् ।   

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया