भारतले कुनै क्षेत्र चीनलाई दिएकाे छैन : भारतीय रक्षा मन्त्रालय

 माघ ३०, २०७७ शुक्रबार १९:२७:५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

काठमाण्डाै – भारतको रक्षा मन्त्रालयले भारतले चीनलाई कुनै पनि क्षेत्र नदिएको स्पष्ट पारेको छ । भारतीय कांग्रेस नेता राहुल गान्धीको आरोपपछि शुक्रवार त्यहाँको रक्षा मन्त्रालयले एक विज्ञप्ति नै निकाल्दै चीनलाई कुनै पनि क्षेत्र नदिएको र अझै पनि मतभेद हल गर्ने काम भइरहेको बताएको हो । 

राहुल गान्धीले शुक्रवार बिहान पत्रकार सम्मेलन गर्दै लद्दाखमा भारत र चीनका सेनाबीच विच्छेदन प्रक्रियालाई लिएर भएको सम्झौतामाथि प्रश्न उठाउनुभएको थियो । राहुल गान्धीले प्रधानमन्त्री मोदीले चीनको अघि शिर टेकेको बताउनुभएको थियो । 

‘लद्दाखमा प्याङगोङ तालमा भारतीय जमिन फिङ्गर–४ सम्म छ जबकि चीनलाई अब फिङ्गर ४ देखि ३ सम्म हिस्सा दिइएको छ’, कांग्रेस नेता गान्धीले भन्नुभएको थियो । 

उहाँको यस बयानपछि रक्षा मन्त्रालयले आफ्नो बयान जारी गरेको हो । 

मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडिया र सञ्चारमाध्यममा प्याङगोङ त्सोमा विच्छेदनको प्रक्रियामाथि भ्रामक र गलत सूचना फैलाएको बोध भएको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘तथ्यात्मक स्थितिलाई रक्षा मन्त्रीले संसद्को दुवै सदनमा भनिसक्नुभएको कुरालाई रक्षा मन्त्रालय दोहोर्याउँछ । मिडिया र सामाजिक सञ्जालमा फैलिइरहेको भ्रामक सूचनाको जवाफ दिनु आवश्यक छ ।’

मन्त्रालयले विज्ञप्तिमा फिङ्गर–४ सम्म भारतीय क्षेत्र भएको भन्दै गरिएको दाबी गलत भएको जनाएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार रक्षा मन्त्रालयले भनेको छ, ‘भारतीय क्षेत्र भारतको नक्साअनुसार छ, जसमा ४३ हजार स्क्वायर किलोमिटरको क्षेत्र पनि समावेश छ, जसमा सन् १९६२ देखि चीनको अवैध कब्जा छ । यहाँसम्म कि भारतको हिसाबमा वास्तविक नियन्त्रण रेखा (एलओसी) लाई फिङ्गर–८ सम्म मानिन्छ न कि फिङ्गर–४ सम्म । यही कारण भारत लगातार फिङ्गर–८ सम्म पेट्रोलिङ (गस्ती) गर्ने अधिकार बनाइ राख्न चाहन्छ र चीनसँग भएको वर्तमान सहमतिमा यो कुरा पनि समावेश छ ।’

बिहीवार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले पूर्वी लद्दाखको अवस्थाबारे संसदलाई जानकारी गराउँदै दुई देशबीच सहमति भएको बताउनुभएको थियो । उहाँका अनुसार भारत र चीनबीच आफ्ना सेना पछि हटाउने सहमति भएको हो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया