प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
बैशाख १०, २०८२ बुधबार
चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनको कदम राष्ट्र, नागरिक र लोकतन्त्रको हितमा नरहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आउँदो प्रतिनिधि सभा चुनाव पनि नहुने विचार व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।’ लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरू आन्दोलनमा रहेको बताउनुभयो ।
विभिन्न जिल्लामा विरोध सभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उहाँले सम्बोधन गर्ने जनाइएको छ । पूर्वप्रधानमन्त्री दाहाल सोमवार दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका ७ का नरबहादुर केसीप्रति श्रद्धाञ्जली अर्पण गर्न यहाँ आउनुभएको परिवारजनले जनाएको छ ।
नेता दाहाल सोमवार नै काठमाण्डौ फर्किने कार्यक्रम छ ।
गएकाे पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आउँदाे वैशाखमा चुनावकाे घाेषणा गरेयता नेकपाकाे दाहाल–नेपाल समूहले विराेध प्रदर्शन गर्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग गर्दै आएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।