कामनपाले ३२ वटै वडामा नि:शुल्क मिर्गौला परीक्षण गर्ने

 फागुन ४, २०७७ मंगलबार १०:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आफ्नो नगरका स्थानीय बासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ । 

महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ ।

मिर्गौला परीक्षणका लागि भोलि ५ गतेदेखि ६ महिनासम्म अभियान चल्ने छ ।

'स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डौ' कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर नि:शुल्क परीक्षण गराउन आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया