बाँकी दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन चाहेका छैनन् : दाहाल

 फागुन ४, २०७७ मंगलबार १६:१३:२८ | रासस
unn.prixa.net

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले मङ्गलवार आयोजना गरेको अन्तरक्रियामा उहाँले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताउनुभयो ।

निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उहाँले गर्नुभयो । अहिलेको सरकारले चुनाव नगराउने दाबी गर्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताउनुभयो । ‘बाँकी रहेको दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन चाहेका छैनन्’, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो । 

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै उहाँले भन्नुभयो, ‘प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।’  पत्रकारका एक प्रश्नमा उहाँले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी दिनुभयो । 

भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उहाँले आफ्नो चुनाव क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर गर्नुभयो । आफ्नै चुनाव क्षेत्रको माडी अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्नका लागि पुरातात्विक अन्वेषण गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया