नहरमा बस खस्दा कम्तीमा ४२ जनाकाे ज्यान गयाे, केही सम्पर्कविहीन

 फागुन ४, २०७७ मंगलबार १७:४४:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहान एक यात्रुवाहक बस नहरमा खस्दा ४२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मङ्गलवार बिहान साढे सात बजेतिर सिधीबाट सतना गइरहेको बस २२ फिट गहिरो नहरमा खसेको हो । दुर्घटनाको समय बसमा पचासभन्दा धेरै जना रहेको बताइएको छ । 

स्थानीय प्रशासनका अनुसार अहिलेसम्म ४२ जनाको शव नहरबाट बाहिर निकालिएको छ । अन्यको खोजी भइरहेको छ । यसका साथै सात जनालाई बचाइएको बीबीसीमा उल्लेख छ । 

त्यहाँको प्रशासनले नहरमा डुबेको बसलाई क्रेनको मदतमा बाहिर निकालेको छ । उद्धार अभियानमा प्रशासनले गोताखोरको सहयोग लिएको छ । 

प्रशासनका अनुसार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्छ । प्रशासनले नहरमा बगेका भनिएकाहरूको खोजीमा जुटेको जनाएको छ । बसका ड्राइभरले भनेर पौडेर ज्यान बचाएको बताइएको छ । 

यस घटनाको कारणबारे थाहा भइसकेको छैन । बसमा क्षमताभन्दा धेरै जना सवार भएको हुन सक्ने मानिएको छ । ३२ सिट क्षमताको बसमा झण्डै ५५ जना रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सडक जामका कारण बस अर्कै बाटो भएर गएको र सडक अप्ठ्यारो भएका कारण गाडी ड्राइभरको नियन्त्रणबाहिर जाँदा गहिरो नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।   

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया