डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढ्यो

एमडी गरी दश वर्षसम्म अनुभव भएका डाक्टरहरूले जाँचेकाे शुल्क ८२५ रुपैयाँ

 फागुन ५, २०७७ बुधबार १४:४३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढेको छ । नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन) ले संयुक्त प्रेस विज्ञप्ति निकालेर बुधवारदेखि शुल्क बढाएको जानकारी गराएको हो ।

शुल्क बढेपछि अब एमबीबीएस गरेर पाँच वर्षसम्म अनुभव भएका डाक्टरको शुल्क तीन सय ७० र पाँच वर्ष बढी अनुभवी एमबीबीएस डाक्टरको शुल्क चार सय ५० तोकिएको छ ।

यस्तै डिप्लोमा पूरा गरी पाँच वर्षसम्म अनुभव भएकाले पाँच सय १५ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले पाँच सय ९० रुपैयाँ लिन पाउनेछन् । एमडी गरी दश वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क आठ सय २५ तोकिएको छ ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत सङ्घ–सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिसँग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ ४ गते शुल्क वृद्धिकाे सम्झौता गरेको थियो । सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएपछि सङ्घ र अफिनको बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानेर नयाँ परामर्श शुल्क तोकेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया