एमिकस क्युरीका सदस्य मैनालीको दाबी : ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्’

 फागुन ५, २०७७ बुधबार १६:४४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि अदालतका सहयाेगी अर्थात् एमिकस क्युरीका सदस्यले राय दिइरहेका छन् ।

बुधवार राय दिने एमिकस क्युरीका सदस्य सतिशकृष्ण खरेलले संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको दाबी गर्नुभएको छ ।

एमिकस क्युरीका सदस्य मैनालीले अहिले नेपालले संसदीय प्रणाली अपनाएको र यो प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार रहेको बताउनुभएको छ । मैनालीले बेलायतलगायतका देशमा पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने उदाहरण दिनुभएको छ ।

तर मैनालीलाई न्यायाधीश सपना मल्ल प्रधानले नेपालको संविधानको भाषा हेर्ने कि विदेशका अभ्यास मात्रै हेर्ने हो ? भनेर प्रश्न सोध्नुभएको छ । प्रधानले विगतका नजिर हेर्दा अहिलेको संविधानलाई न्याय हुन्छ कि हुँदैन ? भनेर पनि प्रश्न सोध्नुभएको छ ।

एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बद्रिबहादुर कार्कीले मङ्गलवार नै राय दिइ सक्नुभएको छ, बुधवार सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिनुभएको छ । अब पूर्णमान शाक्य र गीत पाठकले राय दिनुहुनेछ । त्यसपछि अदालतले प्रतिनिधि सभा विघटनविरुद्धका रिटको फैसला गर्नेछ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया