बुढानिलकण्ठ नगरपालिकाकाे रातमाटे डाँडामा आगलागी

 फागुन ६, २०७७ बिहीबार ८:५१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका-१३ को रातमाटे डाँडामा आगलागी भएको छ ।

नचिनेकाे मानिसको समूहले आगजनी गरेको हुनसक्ने अनुमान गरिएको छ । हिजो बेलुकी ६ बजेतिर लागेको आगाे तीन घण्टापछि निभाइएको हाे ।

आगलागी भएको सूचना पाएपछि स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरेका वडाअध्यक्ष श्री कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । समयमै आगो निभाउन सकिएकाले बोटबिरुवामा नोक्सानी भए पनि थप क्षति नभएको उहाँले बताउनुभयो । 

घुम्न गएका केही व्यक्तिले आगो लगाएको हुन सक्ने अनुमान गरिएको छ । मानवीय क्रियाकलाप र लापरबाहीका कारण पछिल्लो समय आगलागीका घटना बढ्दै गएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया