गाैतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाकाे २० लाख सहयाेग

 फागुन ७, २०७७ शुक्रबार १७:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ । 

महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठेराे परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो ।

रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले बताउनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि ऊर्जा थपिएको पनि उहाँले बताउनुभयो ।

रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको फाउण्डेशनका अध्यक्ष कट्टेलकाे भनाइ छ । यसै आर्थिक वर्षभित्र तीन हजार क्षमताको प्याराफिटसहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उहाँले बताउनुभयो ।    

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया