म्यानमार सैन्य 'कू' : विराेध प्रदर्शनमा एक जनाकाे ज्यान गयाे

 फागुन ७, २०७७ शुक्रबार १९:१४:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – म्यानमारमा भएकाे सैन्य 'कू' पछि जारी विराेध प्रदर्शनमा २० वर्षीया महिला म्या त्वे त्वे काइङ्गकाे ज्यान गएकाे छ । गएकाे केही हप्तादेखि जारी विराेध प्रदर्शनमा पहिलाे पटक कुनै प्रदर्शनकारीकाे ज्यान गएकाे हाे । 

गएकाे हप्ता विराेध प्रदर्शनका भाग लिएकी म्या त्वे त्वे काइङ्ग प्रहरीले चलाएकाे गाेली टाउकाेमा लागेर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई तितरबितर बनाउन म्यानमारमा प्रहरीले पहिला पानीकाे फाेहाेरा र रबरकाे गाेली पनि चलाएकाे थियाे । 

म्यानमारमा सैन्य 'कू' पछि लगातार विराेध प्रदर्शन जारी छ । सेनाले म्यानमारकी नेशनल डेमाेक्रेसी पार्टी (एनएलडी) की नेतृ आङ सान सुकीकाे नेतृत्वकाे सरकारबाट सत्ता हत्याउँदै 'कू' गरेकाे थियाे । 

विराेध प्रदर्शनका क्रममा घाइते भएकी ती महिलाकाे नेपिडावकाे अस्पतालमा ज्यान गएकाे हाे । 

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेतालाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफै चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ । 

गएको नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । म्यानमारमा भएकौ सैनिक ‘कू’ को विभिन्न देशले विरोध जनाइसकेका छन् ।    

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया