सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - पूर्वपश्चिम राजमार्गको मेचीनगर १३ मा रहेकाे झापाकाे चारआलीमा मोटरसाइकल दुर्घटना परेर ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको ज्यान गएको छ ।
शुक्रवार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए । घाइते आचार्यको बिर्तामोडमा रहेकाे बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा रहेका दुई जना घाइते भएर उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।